LATEST NEWS

यस वर्षको कोरियन भाषा परिक्षा (इपिएस)को नतिजा सार्वजानिक (नतिजा सहित)

Posted by Daily News Pokhara ~ Wednesday, 7 October 2015

असोज २१ काठमाडौं । कोरियामा रोजगारीको लागि यही असोज दई र तीन गते लिएको इपिएस भाषा परिक्षाको नजिता सार्वजनिक हुने भएको छ । आज दिउँसो नतिजा सार्वजनिक गर्न लागेको इपिएस कार्यालयका शाखा अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । भण्डारीले यो समाचार तयार पार्दसम्म कोरियाको मानव संशाधन विभाग एचआरडीले नतिजा नपठाएको भन्दै १० बजेसम्म कोरियाले नतिजा नेपालाई पठाउने छ र भरे सांझसम्ममा रिजल्ट प्रकाशित गर्छौ ।’ परिक्षा दिएका परिक्षार्थीहरुले नतिजा हेर्नका लागि एचआरडीको वेवसाइट https://www.eps.go.kr/ph/index.html मा र नेपालको इपिएस कार्यालयको वेवसाइट http://epsnepal.gov.np/ र कार्यलयमा रहेको सूचना पार्टीमा पनि आफ्नो नतिजा सजिलै हेर्न सक्ने छन् । कोरियाले २०१६ को लागि कामदार लान लिएको यो परिक्षामा सात हजार एक सय पाँच जना पास गराउने जानकारी गराएको छ । जसमध्ये २२ सय कृषिमा र चार हजार नौ सय मेनुफेक्चरिङमा पास गराइने छ । यस वर्ष भुकम्पको पिडामा परेको नेपालले केही संख्यामा कोटा थप गर्न कोरियालाई आग्रह गरेको छ । नेपालको आग्रहलाई कोरियाले कोटा थप गर्न सकारात्मक देखिएपनि आधिकारी रुपमा कोटा थप गर्ने कुरा भएको छैन भण्डारीले स्पष्ट पारे । यो वर्ष भाषा पास गर्ने मध्ये बढी नम्बर ल्याउन ३५ सय जनालाई स्किल टेष्टमा सहभागिता गराइने छ । भण्डारीका अनुसार देशमा नाकाबन्दी जारी रहेका कारण सवारी साधन नचल्दा टाढाबाट आउने लाई समस्या हुने भएकोले पास हुनेहरुलाई दशै पछाडिमात्र स्किल टेष्ट र मेडिकल टेष्ट गराइने छ । त्यस्तै पास भएकाले इपिएस कार्यालयले तोकिका हस्पिटलबाट मात्र मेडिक टेष्ट गराउनु पर्ने छन् । इपिएस कार्यालयले तोकेका हस्पिटलहरुमा सिभिल हस्पिटल बानेश्वर, वीर हस्पिटल रत्नपार्क,टिचिङ हस्पिटल महाराजगञ्ज, पाटन अस्पताल पाटन, कोरिया मैत्री र शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा मात्र मेडिकल टेष्ट गराउनु पर्ने छ । वीर र टिचिङ हस्पिटलले भने विरामीको चाप बढी हुने भएकोले अघिल्लो बर्षदेखि मेडिकल गर्न छाडेका छन् । यो वर्ष भाषा परिक्षाका लागि फर्म भर्ने ५१ हजार एक सय ३७ मध्येमा ४३ हजार चार सयले मात्र परिक्षामा सहभागिता जनाएका थिए । भण्डारीले भाषा परिक्षा पास गर्दैमा कारियामा रोजगारीको ग्यारेन्टी नहुने भन्दै पास भएकोमा धेरै उत्साहित भएर पहिले गर्दै आएका कम नछोडन् पनि आग्रह गरे । २०१३ / १४ मा भाषा पास गर्ने मध्ये अझै कृषिमा १४ सय र मेनुपेक्चरिङमा पाँच सय जनाको भिषा आएको छैन । अहिले सम्मको अवस्था हेर्दा कोरियाले वर्षमा कृर्षि तर्फ लगभग १५ सय कामदार लाने गरेको छ, अहिले पनि २२ सय पास गराउ छ तर लाने १५ सय नै देखिन्छ भण्डारीले भने । भाषा परिक्षा अरुले दिने वा फोटो मिलाएर परिक्षा अर्कैले लेखिदिएर पास हुने मध्ये अहिले सम्म १० जनाको रद्ध भइसकेको छ भने एक जना महिला गलत डकुमन्टेबाट कोरिया छिरेपनि ३ महिना पछि हतकडी लगाएर नेपाल फर्किसकेकी छन् । त्यसैले यदी कसैले यस्तो कार्यबाट पैसा दिएर कसैलाई परिक्षा दिन लगाएर वा फोटोसपबाट फोटो मिलाएर अरुलाई परिक्षा दिन लगाएर पास भएपनि पछि चेक जाँच गर्दा यर्थाथ पत्ता लाग्ने मेशीनहरु भएको कारण कोही पनि भ्रममा नपर्न भण्डारीले आग्रह गरे । लेबरमा गएपनि आकर्षक तलव र सस्तो हुने भएकोले नेपालीहरुका लागि कोरिया आकर्षक गन्त्यव्य बन्दै आएको छ । दक्षिण कोरियाले २००८ देखि इपिएस प्रणालीबाट नेपाली कामदार लान थालेको हो । अहिलेसम्म झण्डै ३४ हजार नेपालीले कोरियामा रोजगार पाईसकेका छन् । कोरियाले कोरियन कामदार नपाउने साना तथा मझौला उद्योगमा नेपाली कामदार लगायत अन्य १५ मुलुकका कामदार बर्षेनी लाने गर्दछ । कोरियाले २०१७ सम्ममा २ लाख रोजगारी वृद्धि गर्ने लक्ष लिएको छ । यो काटा पुरा गर्न नेपाल लगायत विश्वका विभिन्न मुलुकबाट कोरियाले कामदार लैजाँदै आएको छ । कोरियामा जाने नेपाली कामदारको तलब न्युनतम एक लाख ३० हजार भन्दा बढी छ । यो तलब वर्षेनी आठ प्रतिशतका दरले बृद्धि हुँदै जान्छ । आकर्षक तलव पाइने भएकोले नेपालबाट शिक्षित वर्ग पनि कोरिया जाने गरेका छन् । 
https://www.eps.go.kr/ph/index.html
www.epsnepal.gov.np
https://epstopik.hrdkorea.or.kr:444/eps-topik/pass/candidate/sucessCandidateDetail.do

Categories
Tags

Related Posts

No comments:

Leave a Reply