LATEST NEWS

भारतीय भूमिबाट एक नेपालीलाई यसरी काटेर फाले

Posted by Unknown ~ Wednesday, 7 October 2015

दुईदिन अघि सीमावर्ती नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सहमतिलाई तोड्दै बुधवार भारतीय प्रहरीकै अगाडि एक जना नेपालीको हातकाटी मरणासन्न हुनेगरी दशगजामा फालिएको छ । सोमबार मात्रै बेलहिया सुनौली दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले कुनैपनि गतिविधी गर्न नदिने गरी सहमति गरेका थिए । तर त्यो सहमतिको ४८ घण्टा वित्न नपाउदैं भारतीय प्रहरी एकजना नेपालीलाई काटेर फाल्दा समेत मौन बस्यो । दशगजामा जोडिएको उत्तरप्रदेश प्रहरी चेकप्पाइन्टमा भारतीय प्रहरीकै अगाडी एक जना नेपालीको हात अमानवीय पूर्ण ढंगले काटिएको हो । तिलोत्तमा नगरपालिका भलबारी (सुकुम्बासीबस्ती) रुपन्देहीका कृष्ण विष्ट क्षेत्री सीमावर्ति भारतीय बजारबाट नेपाल तर्फ फर्किदै गर्दा एक्कासि पहाडियाभन्दै उनलाई हातपात गरी उनको हात काटिएको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शीका अनुसार क्षेत्रीलाई भारतमा शरण लिएर बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय प्रहरीले चेक गर्ने टेबलमा राखी धारिलो हतियारले काटेका थिए । मोर्चाका कार्यकर्ताले क्षेत्रीलाई रक्ताम्मय हुनेगरी कुटपिट गरेका थिए । एक जना प्रत्यक्षदर्शीले भने, “उसलाई पिट्दा पिट्दै ढलेपछि उसलाई लतारेर दशगजामा फालिएको हो ।” दशगजातर्फ मान्छे लतार्दै ल्याएएको देखेपछि नेपाल प्रहरीत्यसतर्फ अगाडि बढ्यो । लगत्तै मोर्चाका कार्यकर्ताले क्षेत्रीलाई दशगजामा फालेर गए । दशगजामा फ्याकीएकालाई उद्धार गर्न गएका नेपाली टोली माथि एक्कासि भारतीय प्रहरी चौकीकै आडबाट ढुंगामुढासहित आक्रमण भयो । यद्यपि नेपाल प्रहरी र स्थानीयले ती व्यक्तिलाई उद्धार गर्न सफल भए । उद्धारमा खटिएका बेलहियाका एकजना स्थानीयले भने, “यहाँ त फिल्म जस्तै भयो । उनीहरुले मान्छे काटेर यता फालिदिए । हामी लिन गयौं त्यहिबेला धमाधम हामीहरुमाथि ढुंगामुढा भयो ।” दशगजामा फ्याकीएका नेपालीको उद्धार गर्न गएको प्रहरी र स्थानिय मान्छे भारतीय भूमिबाट एक्कासि इट्टा र ढुंगा प्रहार हुदां डिएसपी महेन्द्र खड्कासहित शसस्त्र र नेपाल प्रहरी अधिकृत र दर्जनौ प्रहरीका जवान तथा स्थानियहरु सामन्य घाइते भएका छन् । मधेसी मोर्चाले काटेर दशगजामा फालेका घाइते कृष्ण विष्ट क्षेत्री क्षेत्रीको एउटा हात नाडीदेखि नै कटिएको छ । थोरै छालाले मात्रै उनको हात अडिएको छ । उनको अवस्था गभ्भीर छ । उनको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार क्षेत्रीको अवस्था गम्भीर छ । उनको टाउको, मुख र हातमा गम्भीर चोट लागेको छ । रगत बगिरहरको छ । स्रोतका अनुसार क्षेत्री बसका सहचालक थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सिमावर्ती भारतीय बजारमा आई पहाडियाहरुलाई भौतिक कारबाही गर्न निर्देशन दिए लगत्तै मोर्चाका कार्यकर्ताको पहिलो शिकार क्षेत्री भएको मोर्चासम्बद्ध स्रोतको भनाइ । महतोको निर्देशनपछि क्षेत्रीलाई मरणासन्न हुनेगरी कुटपिट तथा हात नै काटिदिएका हुन् । महतो सिमावर्ती सुनौलीमा बसिरहेका छन् । सीमाको सुरक्षाको लागि रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय रुपन्देही प्रमुख गणेश संग्रौला, नेपाल प्रहरीका डिएसपी महेन्द्र खड्का, शसस्त्र प्रहरीका डिएसपी शंकर खनाल, इप्रका बेलहिया प्रमुख रबिनबाबु रेग्मी, सशस्त्रका प्रहरी निरीक्षक तुलसीराम पाण्डेसहितको टोली खटिएको छ । भारतमा बसेर नेपालमा आन्दोलन चलाइरहेका मधेसी नेताको कारण पछिल्लो समय बेलहिया सुनौली दसगजा क्षेत्र अशान्त हुँदै गएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिइएको भैरहवा नाका सहज भएपछि राजेन्द्र महतोले यसै हप्तादेखि यहाँको कमाण्ड सम्हाल्ने मोर्चाको सहमति भएको थियो । मोर्चाको सहमतिअनुसार सोमबार महतो वीरगन्जबाट भारतीय बजार हुँदै सुनौली आइपुगेका हुन् ।स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply