मधेसी मोर्चाद्धारा सरकारको प्रस्ताव ठाडै अस्वीर
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मंगलबार वार्ता भएको छ ।
सिंहदरबारमा विहान भएको वार्तामा सरकारले नाकाबन्दी फिर्ता लिन राखेको प्रस्ताव मधेसी मोर्चाले ठाडै अस्वीकार गरेको छ । वार्ता राजनीतिक मुद्दामा छलफल नगरिकनै विना निष्कर्ष टुंगिएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्णले भन्नुभयो- ‘सरकारसँग वार्ता भयो, वार्तामा राजनीतिक कुरा आएन् । नाकाबन्दी फिर्ता लिन गरेको आग्रह हामीले अस्वीर गर्यौ । जबसम्म हाम्रा राजनीतिक माग सम्बोधन हुँदैनन् तब सम्म नाकाबन्दी खुल्दैन्, आन्दोलन जारी रहन्छ ।’
यस्तै, वार्ता टोलीका सदस्य तथा वनमन्त्री महेश आचार्यले वार्तामा मधेसी मोर्चालाई नाकाबन्दी फिर्ता लिन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाका माग पुरा गर्न सरकारले पहल गरिरहेको छ । तपाईहरुले अहिले तत्काललाई नाकाबन्दी खोलिदिनुपर्यो भन्यौ, उहाँहरुले मान्नुभएन् ।’
मधेसी मोर्चाले संघीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका माग राख्दै आएको छ ।
मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ ।
स्रोत : दैनिक नेपाल

No comments: