LATEST NEWS

सच्चा प्रेमबारे फेसबुकमा भेटिएको एउटा मन छुने कथा

Posted by Unknown ~ Friday, 30 October 2015

एउटा आवारा केटा एउटी केटीलाई धेरै माया गर्थ्यो । 
केटा : खाना खायौं ..... ? 
केटी : खान मन छैन । 
केटा : किन के भयो .... ? 
केटी : म एकजोर कपडा लिन चाहन्छु ! आमाबुवाले पैसा दिनु भएन । 
केटा : के भयो त ! म दिलाउँछु नी । 
केटी : तिमी कसरी दिन सक्छौं ? तिमी सित पैसा छ कपडा किन्न ?? 
केटा : तिमी चिन्ता नगर ! खाना खाउ । भोलिपल्ट केटा बजार गएर आफ्नो गलाको सिक्री बेचेर केटीलाई पैसा दिएछ । 
केटी : ( धेरै खुसी हुँदै ) आई लभ यु डियर हेर्दा हेर्दै चार महीना बितेछ । अचानक , 
केटी : अब हामी कहिले भेट्ने छैनौं ! म तिमी भन्दा धनी केटा संग बिहे गर्दैछु । 
केटा : तर म तिमिलाई प्रेम गर्छु , सक्दिन तिमी बिना बाँच्न । 
केटी : मायाले जिन्दगी चल्दैन । फेरी तिमी मेरो चाहना पूरा गर्न पनी सक्दैनौं । यदी हुन सक्छ भने मलाई भुलीदेऊ । केटाले आँखा भरी आँसु पुछ्दै भनेछ । 
केटा : कुनै दिन पैसाले नआउने कुनै चीज चाहियो भने त्यो पनि दिन सक्छु । तिम्रो चाहानाको के कुरा, त्यो तिमीले सोचेकी छैनौं । हुन्छ आफ्नो ख्याल राख्नु, धेरै खुसी हुनु । (केटीको धनी केटा संग बिहेको कुरा चलेछ ) बिहे पनि गरेछन् । दुईसाल पछि । केटाले हरेक समयमा उस्को खबर सोध्ने गर्दो रहेछ । एकदिन अचानक केटीको दुर्घटना भएछ । केटा अस्पताल गएछ र डाक्टरलाई सोधेछ कस्तो छ अहिले ? चाडैं ठिक हुन्छ होलानी ..... ?? 
डाक्टर : म उहाँलाई बचाउँन सक्दिनँ ! यदी उहाँलाई कसैले मुटु दियो भने उहाँ बाँच्नु हुन्छ नत्र भन्न सक्दिनँ बचाउँन सक्छु भनेर .......... ( तीन घन्टा पछी केटीलाई होस् आएछ ) 
केटी : बुवा म कसरी बाँचे .... ?? कस्ले मलाई आफ्नो ज्यान दिएर बचायो .... ?? 
केटीको बुवा : त्यो नै हो जो तिमिलाई आफू भन्दा बढि माया गर्थ्यो । केटी झसङ्ग हुन्छे र केटालाई भेट्न उस्को घर जान्छे नजिकैको टेबुलमा एउटा सानो पत्र रहेछ । हत्तपत्त पत्र हेर्छे , त्यो चिट्ठीमा लेखिएको थियो “एकदिन तिमीले यो मुटु टुक्रा टुक्रा पारेकी थियौं फेरी आज यो मुटु तिम्रो धड्कनमा धड्किरहेछ, अब यस्लाई कसरी टुक्राउँछौ ..... ?? केटी गहभरी आँसु झार्दै केटालाई अङ्गालो मार्दै रुन थाली ................ ।। पैशाले हरेक चाहना पूरा गर्न सकिन्छ तर कुनै चिज पैशाले किन्न सकिदैन त्यो हो साचो माया..!

Categories
Tags

Related Posts

No comments:

Leave a Reply