LATEST NEWS

चीनको चासो

Posted by Unknown ~ Friday, 30 October 2015

यस्तो छ नयाँ राष्ट्रपतिसँग चीनको अपेक्षा २०७२ कार्तिक १२ गते १७:३९ मा प्रकाशित १२ कात्तिक, काठमाडौं - नेपालको तराई मधेसमा चीनविरोधी गतिविधि बढ्न थालेका बेला चीन सरकारले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता एवं भौगोलिक अखण्डताका विषयमा चासो राखेको छ । एकातिर मधेसमा चीनविरोधी गतिविधिहरु बढिरहेका छन् ।मधेसवादी नेताहरु खुलेआम चीनको विरोधमा उत्रन थालेका छन् । कतिपय ठाउँमा चीनको झण्डा जलाउनेसम्मका घटना भएका छन् । यही परिस्थितिमा विगतमा ‘साइलेन्स डिप्लोम्यासी’ अपनाउँदै आएको चीनले नेपालको मामिलामा आफ्ना अभिव्यक्ति प्रष्टरुपमा सार्वजनिक गर्न सुरु गरेको छ । \ दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला उत्तरी छिमेकी चीनले नेपालको ‘भौगोलिक अखण्डता’मा जोड दिएको छ । नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको छ । साथै नेपालको विकासका लागि सहायता जारी राख्ने समेत उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबार नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताएका हुन् ।उनले भनेका छन् – ‘हामीलाई अपेक्षा छ कि नयाँ राष्ट्रपतिको नेतृत्वमा नेपालीहरु शान्त, स्थिर र सम्वृद्ध नेपाल निर्माणमा जुट्नेछन् ।’ स्रोत : साझा झाबर

Categories
Tags

Related Posts

No comments:

Leave a Reply