LATEST NEWS

तीन दिनभित्र टेण्डर भर्न आयल निगमको आह्वान

Posted by Unknown ~ Thursday, 8 October 2015

अघोषित रुपमा नाकाबन्दी गरिरहेको भारतलाई चुनौति दिँदै नेपालले इन्धन आपूर्तिका लागि ग्लोबर टेन्डर आह्वान गरेको छ । नेपालमा इन्धन निर्यातमा एकलौटी राज गर्दै आइरहेको इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै सरकारले इन्धन आपूर्तिका लागि ग्लोबल टेण्डन आह्वान गर्ने निर्णय गरेको हो । सरकारको निर्णयपछि नेपाल आयल नियमले इन्धन पैठारीका लागि विहीबार टेन्डर आह्वान गरेको छ । देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आह्वान गरेको छ । हवाइ मार्ग वा स्थलमार्गबाट चाँडो भन्दा चाँडो काठमाडौंमा इन्धन ल्याउनुपर्ने सरकारी शर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आह्वान गरेको छ ।स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply