LATEST NEWS

‘केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति’ भएको छैन’

Posted by Unknown ~ Thursday, 8 October 2015

प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ नभएको दाबी गरेका छन् । भावी सरकारबारेको विवाद चर्केपछि निर्धारित समयभन्दा झण्डै ६ घण्टापछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु केन्द्रीय समिति बैठकको आरम्भमै कोइरालाले आफूले ओलीलाई प्रधानमन्त्री बनाउनेबारे भद्र सहमति नगरेको बताएका हुन् । आफूले भद्र सहमति गरेको भन्नेबारे चलेका बाहिरी हल्लाको पछि नलाग्न उनको नेताहरुलाई आग्रह थियो । ‘बाहिरी हल्लाको पछि कोही नलाग्नुस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन ।’ अधिकांश केन्द्रीय सदस्यले ‘भद्र सहमति’ भएको हो वा होइन भन्नेबारे स्पष्ट हुन चाहेपछि कोइरालाले त्यसबारे मुख खोलेका हुन् । केही दिनअघि बसेको प्रमुख तीन दलको बैठक तथा बुधबार ओलीसँग बालुवाटारमै भएको भेटमा कोइरालाले भद्र सहमति पालना गर्ने बचन दिएका थिए । स्रोतका अनुसार कोइरालाले अबको सरकारको नेतृत्व एमालेलाई दिने वा काँग्रेस आफैंले लिने भन्नेबारे केन्द्रीय समितिमा सबैको धारणा सुनेपछि मात्र औपचारिक निर्णयमा पुगिने उल्लेख गरेका छन् । यसअघि बसेको पदाधिकारी बैठकमा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये को प्रधानमन्त्री बन्ने भन्नेमा विवाद भएपछि बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिलो सुरु भएको हो । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply