को बन्दैछ कांग्रेसबाट राष्ट्रपति ?
दसैंतिहार पछि चुनिने नयाँ राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने घोषणा गरेको छ ।
बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उप सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेसँगै यी पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि कांग्रेसभित्र छलफल सुरु भएको छ ।
नेताहरुका अनुसार कांग्रेसभित्र कोषाध्यक्ष चित्रलेखा यादव र पूर्वमहामन्त्री केबी गुरुङलाई राष्ट्रपति बनाउने गरी छलफल सुरु भएको हो । राष्ट्रपतिमा गुरुङ र यादव समावेशी र महिला पुरुष समानुपातिक हुने भएकाले दुबैको नाम कांग्रेस नेतृत्वले अंग्रपक्तिमा राखेको कांग्रेसका एक नेताले जानकारी दिए ।
अन्य दलसँगको छलफलमा राष्ट्रपतिमा समर्थन आउने भएको खण्डमा वर्तमान राष्ट्रपति रामवरण यादवलाई नै अघि सार्ने विकल्प पनि कांग्रेसमा अघि सारिएको छ । ती नेताका अनुसार कांग्रेसले केही दिनमै राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लाउने छ । अन्य पदका बारेमा पनि छलफल जारी छ ।
स्रोत : दैनिक नेपाल

No comments: