संयुक्त राष्ट्रसंघ सम्मेलनमा नेपालको संविधानको प्रशंसा भएपछी भारतको बोली बन्द भयो (फोटो फिचरसहित)
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मानव अधिकारसम्बन्धी दायित्व एवम् प्रतिबद्धताअनुरुप नेपालले मानव अधिकारको प्रवद्र्धन एवम् रक्षा गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त जेइद राड अल हुसेनसँग बिहीबार जेनेभामा भएको भेटवार्तामा उपप्रधानमन्त्री थापाले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
जनताका आधारभूत स्वतन्त्रता, समानता र न्याय प्रवद्र्धन गर्ने गरी नयाँ संविधानमा व्यवस्था गरिएको जानकारी दिँदै उहाँले त्यसका विशेषताबारे उच्च आयुक्तलाई अवगत गराउनुभयो । उपप्रधानमन्त्रीले भन्नुभयो – “नयाँ संविधान लोकतान्त्रिक एवम् समावेशी छ ।”नेपालको संविधानले परिकल्पना गरेका मानव अधिकारसम्बन्धी विभिन्न संस्थाको क्षमता अभिवृद्धि गर्न राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयोगको सहयोगको अपेक्षा नेपालले गरेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित नेपाली नियोगले गएराति अबेर जारी गरेको प्रेस विज्ञप्तिअनुसार उच्च आयुक्त हुसेनले मानव अधिकारसम्बन्धी दोस्रो विश्वव्यापी आवधिक समीक्षामा नेपालको सहभागिताको सराहना गर्नुभयो ।
साथै उहाँले आधारभूत मानव अधिकार, स्वतन्त्रता, समावेशीतालगायत पर्याप्त मानव अधिकारका प्रावधान समावेश गरेर संविधानसभाबाट नयाँ संविधान जारी गरेकामा त्यसको स्वागत गर्नुभयो ।
उच्च आयुक्तले नेपालमा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित हुनुभएकामा पनि त्यसको स्वागत गर्नुभयो । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थापाले उच्च आयुक्त हुसेनलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो । स्रोत : दैनिक नेपाल

No comments: