श्रीमान नभएको मौकामा फेसबुकबाट लभ परेको परपुरुषलाई घरमा बोलाउँदा…
एजेन्सी : सामाजिक सञ्जालमा भेटिएका परपुरुषको प्रेममा पर्दा एक विवाहित महिलाले आफ्नो अस्मिता लुटाएकी छिन् ।
ती विवाहित महिलालाई उनका फेसबुक प्रेमीले कथित रुपमा बलात्कार गरेर सेक्स भिडियो समेत बनाएका छन् । त्यसपछि उनीसँग ब्लैकमेल गरेर पैसा समेत मागेको रहस्य खुलेको छ ।
एसपी स्वाति शर्माका अनुसार भारतको जोधपुरकी ३५ वर्षीय महिलाको २०१३ देखि गजेन्द्र सिंह नामका पुरुषसँग परिचय थियो । त्यो परिचय फेसबुकबाट भएको थियो । फेसबुकबाट भएको परिचय छिट्टै प्रेममा परिणत भयो । गजेन्द्र ती महिलालाई आफ्नो माया जालमा पारे । उनीहरु यति नजिक भएकी एक दिन महिलाले आफ्ना श्रीमान घरमा नभएको मौकामा गजेन्द्रलाई घरमा बोलाइन् । श्रीमान घरमा नभएको थापा पाएपछि गजेन्द्र नशालु पदार्थ बोकेर महिला घर पुगे । महिला उनको स्वागतका लागि जुस ल्याएर आइन् । त्यसपछि महिलाभित्र गएको समयमा उनको जुसको गिलासमा गजेन्द्रले नशालु पदार्थ मिसाए । जुस खाएपछि बेहोस भएकी महिलाको गजेन्द्रले बलात्कार गरी सेकस भिडियो बनाए ।
विश्वास गरी बोलाइएका फेसबुक प्रेमीले यसरी धोका दिएर बलात्कार गरे । त्यति मात्रै होइन् उनलाई भिडियो इन्टरनेटमा हाल्ने धम्की दिएर उनमाथि ब्लैकमेल समेत गरे ।
त्यसपछि ती पुरुषबाट छुटकारा पाउन महिलाले आफ्नो फेसबुक अकाउन्ट डीएक्टिवेट गरिन् तर, आरोपीले उनको नामको अर्काे फर्जी अकाउन्ट बनाएर आपत्तिजनक तस्वीर सार्वजनिक गरिदिए ।
त्यसपछि गजेन्द्रबाट आजित भएकी महिलाले आफ्ना श्रीमानलाई सबै कुराको पोल खोल्नुपर्यो । आफ्नी श्रीमतीमाथि भएको यौन शोषणबारे जानकारी पाएपछि श्रीमानले मंगलबार राति पुलिसमा आरोपी सिंहविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरेका छन् ।
भारतजस्तै नेपालमा पनि पछिल्लो समय फेसबुकबाटै प्रेममा परेर धेरैका घरबार विग्रेका उदाहरण छन् । फेसबुकबाटै परपुरुषसँग ‘पोइल’ जाने र विवाहित महिला ‘सौता’ बनेर आउने चलन पनि बन्न पुगेको छ । जसमा सम्पत्ति, सौन्दर्यता र जवानी महत्वपूर्ण रहँदै आएको छ ।

No comments: