LATEST NEWS

मोदीलाई भारतीय मार्क्सवादी पार्टीको चेतावनी– नेपाललाई धम्क्याउन छोड

Posted by Daily News Pokhara ~ Friday, 6 November 2015

काठमाडौं, कार्तिक २० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतकै विपक्षी दलले नेपाल मामलामा कडा चेतावनी दिन थालेका छन् । भारतीय मार्क्सवादी कम्यूनिस्ट पार्टीले मोदीलाई भनेको छ, ‘नेपाललाई धम्क्याउन छोड ।’ नेपालमा अत्यावश्यक सामाग्रीको अभाव हुन थालेको भन्दै सो पार्टीले नाकाबन्दी अन्त्य गर्न दबाब दिएको हो । भारतीय मार्क्सवादी कम्यूनिस्ट पार्टीको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ को सम्पादकीयमा भनिएको छ, ‘मोदी सरकारले नेपाललाई डर देखाउने, धम्क्याउने नीति त्याग्नु पर्दछ । नेपाल सरकारसँग सल्लाह गरेर सीमामा देखिएको अवरोधलाई हटाउन भारत सरकारले पहल गर्नु जरुरी छ ।’ नेपालसँगको विवाद गर्ने भारत सरकारको नीतिका कारण दुई देशबीचको सम्बन्धमा अपूर्व फाटो आएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ, ‘नेपालमा जारी संविधानप्रति नकारात्मक दृष्टिकोण राखेपछि भाजपा सरकारले तनावलाई अझ बढाउने काम गरेको छ ।’ मधेसी आन्दोलनलाई मोदी सरकारले समर्थन जनाउँदै आएको आरोप लगाउँदै सम्पादकीयमा भनिएको छ, ‘भारत सरकारले नाकाबन्दी आफूबाट नभएको दाबी गर्दै आएको छ तर वास्तविकता यो छ कि पूर्वी नाका जहाँ कुनै प्रकारको अवरोध छैन, त्यहाँ पनि गैरआधिकारीक रुपमा नाकाबन्दी भइरहेको छ ।’ मोदी सरकारको यो नीति राष्ट्रिय प्रभुत्ववादको सोचकै परिणाम भएको सम्पादकीयमा भनिएको छ । मधेसी र अन्य जनजातिको मुद्दालाई नेपालले नै राजनीतिक रुपमा सुल्झाउन सक्ने उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ, ‘भारत सरकारले मधेसीहरुलाई वार्ताबाट समाधान खोज्न सुझाव दिनुपर्छ ।’ (एजेन्सीहरुको सहयोगमा)

Categories
Tags

Related Posts

No comments:

Leave a Reply