LATEST NEWS

उप्रेन्द्र यादवले प्रचण्डलाई दिए यस्तो चेतावनी

Posted by Unknown ~ Tuesday, 17 November 2015

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी दलले उठाएका माग पुरा नगरे मधेसमा भइरहेको आन्दोलन अझ कडा रुपमा चर्काउने चेतावनी दिएका छन् । मंगलबार मधेस आन्दोलनको निकाशका लागि पहल गर्न तीनकुनेस्थित फोरम नेपालको पार्टी कार्यालय पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यादवले यस्तो चेतावनी दिएका हुन् । प्रचण्डले यादवलाई समस्याको समाधान वार्ताबाटै निक्लने हुँदा सबै मिलेर समस्या समाधानको बाटोतर्फ हिड्नुपर्ने र देशमा भइरहेको संक्रमणलाई हल गरेर अघि बढ्नु पर्ने बताएका थिए । जवाफमा यादवले मधेस आन्दोलनलाई सरकारले सम्बोधन गर्ने संकेत नदिँदासम्म वार्तामा बस्नुको औचित्य नरहेको बताएका थिए । प्रचण्डको पहल र आग्रह पछि यादवले मधेसको समस्या समाधान गरी देशलाई निकाशको गति दिनुपर्ने कुरामा भने सहमति जनाएको स्रोतले बताएको छ । स्रोत : ओस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply