LATEST NEWS

आफ्नै आमालाई परपुरुषसँग यौनसम्पर्क गरिरहेको छोराले देखेपछि यसरी हत्या गरीदिए

Posted by Unknown ~ Tuesday, 17 November 2015

महोत्तरीको हतिसर्वा गाविस– ६का एक युवकले भाइटिकाको अघिल्लो दिन आफ्नै आमा र एक पुरुषको हत्या गरेका छन् । यौनसम्पर्क गरिरहेको अवस्थामा भेट्टाएपछि १८ वर्षीय मोतिराम महराले आफ्नै आमा रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबमै हत्या गरेका हुन् । जहाँ रामकुमारी र विद्या यौनसम्पर्क गरिरहेका थिए । परपुरुषसँग अवैध सम्बन्ध रहेको भन्दै आफ्नै आमाको हत्या गरी फरार रहेका महरालाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ । गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply