LATEST NEWS

कसले गर्‍यो नेतृत्व ?

Posted by Unknown ~ Sunday, 22 November 2015

भारतीय नाकाबन्दी खोल्न माग गर्दै तराई मधेसमै अर्काे आन्दोलन सुरु भएको छ । सीमांकन परिवर्तनको माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत तीनमहिनादेखि आन्दोलन नाकाबन्दी गरिरहेका बेला त्यसका विरुद्ध नयाँ आन्दोलनको जन्म भएको हो । चुरे क्षेत्रमा चुरे भावर प्रदेश मागिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले नाकाबन्दीविरुद्ध मधेसका जिल्लाबाट आन्दोलनको सुरुवात गरेको हो । चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेका अनुसार मंसिर तिहारपछि सुरु भएको आनदोलन तीन जिल्लामा पुगिसकेको छ । जसअनुसार चुरे भावरले सर्लाही, रौतहट र तराई केही अन्य जिल्लामा प्रदर्शन गरिरहेको छ । यसैक्रममा आइतबार रौतहटको चन्द्रनिगाहपुरमा नाकाबन्दी खोल्न माग गर्दै विशाल प्रदर्शन गरेको छ । विभिन्न नारा लगाउँदै चुरे भावरले विशाल प्रदर्शन गरेको हो । उक्त अभियानमा मधेसका नागरिक समाज र सच्चा मधेसी जनताले साथ दिएको अध्यक्ष न्यौपानेले बताए । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply