कार्यालय बन्द गरेर फिर्ता जान भारतीय कम्पनीलाई चेतावनी
नाकाबन्दी गरेर दुःख दिइरहेको भारतलाई पाठ सिकाउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नयाँ कार्यक्रम लागु गरेको छ ।
आफ्नो विरोध कार्यक्रमको सुरुवातमै विप्लव माओवादीले माथिल्लो कर्णाली आयोजना निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनी जिएमआरलाई फिर्ता जान चेतावनी दिएको छ ।
उसले एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न कम्पनीलाई चेतावनी दिएको हो । जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर बुधबार विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो ।
‘एक महिनाभित्र हामीले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेका छौं,’ विप्लव माओवादीका भेरी–कर्णाली इन्चार्ज भरत बम ‘रणवीर’ले भन्नुभयो, ‘हाम्रो अनुरोधको बेवास्ता गरिए बल प्रयोग गर्न बाध्य हुने छौं ।’ उहाँले पुस १ गतेभित्र बन्द नगरिए २ गते बल प्रयोग गरेर भए पनि सुर्खेत र दैलेखका कार्यालय बन्द गराउने दाबी गर्नुभयो ।
स्रोत : दैनिक नेपाल

No comments: