LATEST NEWS

अब यौनसम्पर्क गर्न पनि सरकारी विदा कस्तो अचम्म

Posted by Unknown ~ Thursday, 26 November 2015

संसारमा अनौठा अनौठा कुरा सुन्न पाइन्छ । चीनमा जनसंख्या बढेको भन्दै दुई बच्चा जन्माउन प्रतिबन्ध लगाइएको छ । तर, यहाँ एक देशमा जनसंख्या कम भएको भन्दै सरकारले यौनसम्पर्क गर्नका लागि सार्वजनिक विदा नै दिने गरेको छ । यो देशको नाम हो डेनमार्क । जहाँ आजभोली देशवासीलाई सरकारले पूर्ण रुपमा यौनसम्पर्क गर्न अपील समेत गरेको छ । डेनमार्कमा जन्मदर एकदमै न्यून भएपछि विश्वमै पहिलोपटक एउटा देशको सरकारले यौनसम्पर्क गर्न अपील गर्दै सार्वजनिक विदा दिने घोषणा समेत गरेको हो । डेनमार्क वेलफेयर सोसाइटीले लगातार घटिरहेको जन्मदरप्रति चिन्ता जनाएको छ । सोसाइटीका प्रमुख क्रिस्टेनसेनले भनेका छन्– सरकार पछिल्ला केही वर्षदेखि जन्मदर बढाउन विभिन्न अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत महिला र पुरुषलाई खुलेर बढी भन्दा बढी यौनसम्पर्क राख्न र बच्चा जन्माउन सार्वजनिक विदा दिइएको हो । पछिल्लो वर्ष ‘डेनमार्क का लागि गर्नुस्’ (डू इट फर डेनमार्क) नामक अभियान यसकै कार्यक्रम थियो जहाँ मानिसहरुलाई अपील गरिएको थियो कि मानिसहरु धेरै भन्दा धेरै यौनसम्पर्क गरुन र अभियानलाई सफल बनाउन् । सरकारको यो अभियानलाई डेनमार्कका ट्रेवल कम्पनिहरु पनि प्रचारप्रसार गरेर फैलाउने प्रयास गरिरहेका छन् । कम्पनीहरुले सरकारको निर्णय अनुसार यौनसम्पर्क गर्न चाहने कर्मचारीलाई विदा समेत दिइरहेका छन् । उनीहरुले बढीभन्दा बढी यौनसम्पर्क गर्नेलाई पुरस्कारका साथै विदेश घुमाउने योजना पनि सार्वजनिक गरेका छन् । (एजेन्सीको सहयोगमा) स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply