LATEST NEWS

ओली सरकारमा सहभागी नहुन केन्द्रीय सदस्यहरूको दबाव

Posted by Unknown ~ Thursday, 26 November 2015

आन्तरिक विवाद र संकटबाट गुज्रिदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरूले वर्तमान केपी ओलीको सरकारमा सहभागी नहुन शीर्ष नेतृत्वलाई दबाव दिएका छन् । राप्रपाका अन्तुष्ट झण्डै तीन दर्जन केन्द्रीय सदस्यहरूले अध्यक्ष पशुपति शम्शेर राणा र आफूलाई अध्यक्ष दाबी गर्ने लोकेन्द्रबहादुर चन्दसँग सामूहिक रुपमा भेट गरी तत्काल सरकारमा सहभागी नहुन सुझाव दिएका हुन् । स्रोतका अनुसार सरकारमा सहभागी हुनु परे केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गरी मन्त्रीको नाम टुङ्गो लगाउन दबाव दिइएको छ । केन्द्रीय सदस्यहरूको यो दबावपछि राणा र चन्द दोधारमा पर्नुभएको छ । उहाँहरूले केन्द्रीय कार्यसमिति बैठक बोलाएर यस विषयमा गम्भीर भइ छलफल गर्ने आश्वासन दिनुभएको छ । केन्द्रीय सदस्यहरूले छिटो केन्द्रीय कार्यसमितिको बैठक बोलाएर पार्टी अध्यक्षको निर्णय गर्न पनि माग गरेका छन् । उनीहरूले राप्रपाको अहिलको अध्यक्ष को हो भनेर कार्यकर्तामा अन्यौल रहेको भन्दै यस विषयमा छिटो निर्णय गर्न दबाव दिएका हुन् । पार्टी विवाद मिलाउन अध्यक्ष राणा र अर्का अध्यक्ष चन्दबीच सहमति भइ निर्वाचन आयोगबाट मुद्दा फिर्ता लिएपछि विवादले झन् चर्को रुप लिएको छ । राणा र चन्दले संयुक्त पत्रकार सम्मेलन गरेर छिट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाएर अध्यक्षका साथै अन्य विवादित विषयमा निर्णय गर्ने भनिएपनि अहिलेसम्म बैठक बोलाइएको छैन । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply