यसरी लियो फेसबुक स्टाटसले युवतीको ज्यान
प्रविधिको विकाससँगै आएको सामाजिक सञ्जाल फेसबुकले एक युवतीको ज्यान लिएको छ ।
मुम्बईको मीरा रोड इलाकामा एक युवतीले फेसबुककै कारण ज्यान गुमाएकी हुन् । फेसबुकमा आफूविरुद्ध लेखिएको कमेन्ट सहन नसकेर उनले आत्महत्या गरेकी हुन् । आज भन्दा ९ दिन पहिला मुम्बईको सा‘लिटायर सोसाइटीको छतबाट हाम फालेर ती युवतीले आत्महत्या गरेकी हुन् ।
ती युवतीको फेसबुक प्रोफाइलमा आएका जथाभावी कमेन्टलाई सहन नसकेर उनी आत्महत्या गर्न बाध्य भएकी हुन् । कमेन्ट गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले कौशल देव मुरारी नामका एक युवकलाई पक्राउ गरेको छ । मुम्बईमै बस्दै आएका १९ वर्षीय कौशलमाथि आरोप छ कि मृतक युवतीको फेसबुक प्रोफाइलमा उनी जथाभावी कमेन्ट गर्थे ।
मृतक युवतीका परिवारका सदस्य भन्छन्– ‘हामीहरुले पहिला पनि आरोपी कौशल देव मुरारीविरुद्ध प्रहरी चौकीमा फेसबुकबाट जिस्काएको आरोपमा मुद्दा दर्ता गरेका थियौं । त्यसपछि कौशलका आमा बुबालाई चौकीमा ल्याएर सम्झाएर पठाइएको थियो । तर फेरि पनि जिस्क्याउन थालेपछि हामीले छोरी गुमायौं ।’
स्रोत : दैनिक नेपाल

No comments: