LATEST NEWS

यस्तो अभियान चलाए नेपालमा नाकाबन्दी फिर्ता लिन भारतीय बुद्विजीविले

Posted by Unknown ~ Sunday, 1 November 2015

नेपालमा जारी अघोषित नाकाबन्दी फिर्ता लिइ पेट्रोलियम पदार्थको निर्यात सहज बनाउन भारतीय प्रधानमन्त्री नरेन्द मोदीविरुद्ध भारतीय युवा तथा बुद्विजीविहरुले भारतमा अभियान संचालन गरेका छन् ।मोदीकै कारण नेपालले चीनबाट तेल लिनुपरेको भन्दै भारतीयहरुले सामाजिक सञ्जालमा उनीविरुद्ध अभियान नै चलाएका हुन् । नेपाललाई नाकाबन्दी गरेर भारतले ठूलो गल्ती गरेको भन्दै ट्वीटर प्रयोगकर्ताले #ModiHimalayanBlunder ह्यासट्यागमा विरोध गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा #ModiHimalayanBlunder ह्यासट्याग ट्रेन्डिङ भइरहेको छ । मोदी विदेश नीतिमा नराम्रोसँग चुकेको भन्दै उनीहरुले नाकाबन्दी फिर्ता लिन चर्को दबाब दिएका छन् ।
स्रोत : कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply