LATEST NEWS

अनुहार हेरेर यसरी स्वास्थ्यको बारेमा पत्ता लगाउन सकिन्छ ( जानी राखौ)

Posted by Unknown ~ Sunday, 15 November 2015

लामो नाक, चाउरी अनुहार, खुइलिँदै गएको कपाल – हामी धेरैले यस्ता कुरा बदल्न चाहन्छौँ । तर हाम्रो अनुहारका केही विशेषताहरु बदल्न खोजेर सम्भव हुँदैन र त्यस्ता विशेषता अर्थात् मुखाकृतिहरु हाम्रो सरीरको स्वास्थ्य अवस्थाका सूचक हुन्छन् । अनुहारका हरेक अंगहरुको आकार प्रकार तथा अवस्थाले हाम्रो जिउको स्वास्थ्य अवस्थाको संकेत गरिरहेका हुन्छन् ।जस्तै यदि तपाइँको आँखा केही बाहिर निस्किएको जस्तो छ भने यसले तपाइँको सरीरमा थाइरोइडको समस्या छ भन्ने कुराको संकेत गर्छ । अनुहारले यसरी बताउँछ स्वास्थ्य|आँखाको कालो भागमा यदि सेतो गोलाकार छ भने त्यो रगतमा कोलेस्ट्रोल बढेको संकेत हो । यस्तो सेतो वृत्त बोसो जमेर भएको हो । साथै परेला तथा आँखा बाहिरको छालामा बोसोयुक्त डल्ला वा पिम्पल हुनु पनि उच्च कोलेस्टेरोलको लक्षण हो ।निकै पातलो तथा छोटो दाँत हुनु भनेको पेटमा एसिड बढेको र मुखमा अमिलो पानी आउने संकेत हो । यदि जिब्रो यसको सामान्य रंगको साटो कालो, गाढा तथा भुत्ले जस्तो देखिन्छ भने त्यो मानिसको मुखको सफाइमा कमी भएको, धूमपान गर्ने तथा एन्टीबायोटिक सेवन गरिरहेको लक्षण हो ।छाला तथा आँखाको रंग पहेँलो छ भने त्यसले कलेजोको खराबी भएको, कमलपित्त भएको संकेत गर्छ । साथै उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका विरामीको छाला पनि पहेँलो हुन्छ । त्यस्तै अनुहारमा चाउरी पर्नु उमेर छिप्पिएको तथा हड्डी कमजोर हुनेओस्टियोपोरोसिस भन्ने रोगको समेत लक्षण हो । जब सरीरमा कोलाजेन तत्वको कमी हुन्छ त्यसले छालामा चाउरी पर्न सुरु हुन्छ ।कानको लोती घुम्रिनु भनेको मुटुसम्बन्धि रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।निकै तिब्ररुपमा कपाल झर्नुको एउटा कारण थाइरोइडको असन्तुलन पनि हो । त्यस्तै आइरन तत्वको कमी हुँदा पनि महिलामा बढि मात्रामा कपाल झर्ने गर्छ । महिलाको अनुहारमा बढि रौँ हुनु भनेको डिम्वासयले एन्ड्रोजेन हर्मोन बढि उत्सर्जन गर्नु हो । साथै अनुहारमा रौँ पलाउन थाल्नु महिनावारी रोकिने लक्षणको रुपमा पनि लिइन्छ । आँखिभौँका रौँ झर्दै जानु भनेको थाइरोइड हर्मोनको कमी हो ।गाला बढि रातो हुनुको एउटा कारण कसिङग्स सिन्ड्रोम हो, यसमा कोर्टिसोल हर्मोन बढि उत्सर्जन भएको हुन्छ जसका कारण रक्तनली सुन्निएको हुन्छ । गालाको रंग बैजनी वा निलो छ भने रगतमा अक्सिजनको मात्रा कम भएको बुझ्नुपर्छ ।अध्ययन अनुसार लामो नाक हुने मानिसमा स्वास प्रस्वास सम्बन्धि समस्याको जोखिम कम हुन्छ । नाक लामो भयो भने नाकमा हुने धेरै रौँ का कारण हावामा भएका धूलोका कण तथा जिवाणुहरु नाकमै छानिने र त्यस्ता हानिकारक वस्तु फोक्सोमा जान नपाउने सम्भावना धेरै हुन्छ । स्रोत : कुविक एनपी न्युज

Categories
Tags

Related Posts

No comments:

Leave a Reply