विप्लव माओवादीलाई यसरी झापड हानिन् नायिका केकी अधिकारीले
महिनादेखिको निरन्तरको बन्दले आजित नेपाली जनता आइतबार थप निरास बने जब नेकपा माओवादी विप्लव समुहले नेपाल बन्दको आव्हान गर्यो । आफ्नो निरन्तरको दैनिकी छाडेर एउटा घैँटो ग्यास र १ लिटर पेट्रोलको जोहो गर्न दिनहुँ लाइनमा बस्नु परीरहेका बेला यस्तो अप्राकृतिक सजाय दिन थालेका विप्लव माओवादीको बन्दलाई आम जनताले पचाएका थिएनन् नै ।
यस्तो. अप्रिय निर्णय कस्लाई पो मन पथ्र्यो र ? त्यस्तै बन्दको बिरोध गर्दै आक्रोश पोखिन् नायिका केकी अधिकारीले पनि । उनले सामाजिक संजाल ट्विटरमा स्टाटस लेख्दै भनिन् ‘बन्दी त छदै नै थ्यो…अब बन्द पनि ??
कति खप्नु पर्ने हो सास्ती सर्वसाधारणले ?’ केकीले यि र यस्ता काम नर्गन सम्बन्धित पक्षलाई चेतावनी समेत दिएकी छिन् ।
त्यस्तै लेखक, समिक्षक प्रकाश सायमिले भारतीय नाकाबन्दीको भत्सना गरेका छन् । सायमिले पनि स्टाटस लेख्दै भनेका छन् ‘राजीव गान्धीले सटानिक भर्सेस Banned गरे र नरेन्द्र मोदीले मुस्लिम कलाकारलाई ‘बाहिर जा’ भने । दुवैले नेपाललाई ‘नाकावन्दी’ लगाए । बराबर । ‘स्रोत : ओ यस नेपाल


No comments: