सप्तरीमा मारिने तीनै जना सदभावना पार्टीका कार्यकर्ता
सप्तरीमा प्रहरीसँग झडपमा परी मधेसी मोर्चाका तीन कार्यकर्ता मारिएपछि सदभावना पार्टीले विज्ञप्ति निकालेको छ ।
आइतबार अपराह्न एक विज्ञप्ति जारी गर्दै सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आज भएको घटनालाई सरकारको निरंकुश र चरम दमनकारी कदम भन्दै भत्सर्ना गरेका छन् ।
उनले विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका शहिदको उच्च मुल्यांकन हुने बताएका छन् । ‘सदभावना पार्टी शहिद परिवारहरूप्रÞति गहिरो समवेदना प्रकट गर्दै शहिद आत्माको चिरशान्तिको कामना गर्दछ । मघेसको भावी सन्तति, सदभावना पार्टी परिवार र सिंगो समाजले अमर शहिदको यो बलिदानीलाई उच्च मूल्याकन गर्नेछ ।’
महतोले आफ्ना कार्यकर्ताको खुनको बदला लिएरै छाड्ने चेतावनी समेत दिएका छन् ।
उनले थप के–के भने ? हेर्नुस् विज्ञप्तिमा जस्ताको तेस्तैः
प्रेस बिज्ञप्ति
सदभावना पार्टी सम्मिलित संयुक्त लोकतांत्रिक मघेसी मोर्चाको आव्हानमा विगत ९९ दिनदेखि आयोजित शान्तिपुर्ण आम हड़तालको क्रÞममा पुर्व घोषित कार्यक्रÞम अनुरूप चालु राजमार्ग, भरू राजमार्ग अन्तर्गत राष्ट्रिय राजमार्गमा हिजो शान्तिपुर्ण प्रदर्शन गर्दा मध्यरातमा आन्दोलनलाई दबाउने कुत्सित योजना अनुसार नै राज्यले जारी राखेको हत्या श्रृंखलाको निरन्तरता अन्तर्गत आज सदभावना पार्टीका नेता नागेश्वर यादव सप्तरीको रूपनीमा, विरेन्द्र राम सप्तरीको भारदहमा प्रहरीको गोलीबाट तथा शिव शंकर दास प्रहरीले बिछाएको बिद्युतीय करेन्टयुक्त तार जालीद्घारा हत्या गरिई विरगति प्राप्त गरेका छन् । प्रहरीले निर्मम लाठी, अश्रुग्यास र गोली प्रहार गरी हिजो र आज ३० जना भन्दा बढ़ी आन्दोलनकारीलाई घाइते बनाएको त छ नै घाईतेलाई उपचाररत गजेन्द्र नारायण सिंह अंचल सगरमाथा अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पताल परिसरभित्रै आक्रमण गरि घाइते बनाउने क्रुर कार्य गरेको छ । सदभावना पार्टी यस्ता निरंकुश घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछ ।
सदभावना पार्टी सप्तरी घटनाका शहिदको यो अविस्मरणीय वलिदानलाई उच्च सम्मान गर्दै शोकलाई शक्तिमा बदल्न सम्पुर्ण नेता कार्यकर्तासँग आगह गर्दछ । प्रहरीको गोली लागी आज शहादत प्राप्त गर्ने विर शहिदहरू प्रती हार्दिक श्रद्धांजली व्यक्त गर्दै आन्दोलनमा घाइते सबैको शिघ स्वास्थ्य लाभको पार्टी कामना गर्दछ ।
सदभावना पार्टीका शहिद परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शहिद आत्माको चिरशान्तिको कामना गर्दछ । मघेसको भावी सन्तति, सदभावना पार्टी परिवार र सिंगो समाजले अमर शहिदको यो बलिदानीलाई उच्च मूल्याकन गर्नेछ ।
राजेंद्र महतो
राष्ट्रिय अघ्यक्ष, सदभावना पार्टी
स्रोत : दैनिक नेपाल

No comments: