LATEST NEWS

राजेन्द्र महतोले भने मलाई देशद्रोही भन्नेहरू नालायक हुन् ,,,,, तपाईहरु के भन्नुहुन्छ ?

Posted by Unknown ~ Wednesday, 4 November 2015

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अधिकारका लागि संघर्ष गर्दा देशद्रोहीको आरोप लगाउनेहरूप्रति कडा आक्रोश व्यक्त गर्नु भएको छ । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘मधेसीहरूका मागलाई लिएर आन्दोलन गर्दा मलाई देशद्रोही देख्नेहरू सबै नालायक हुन् ।’ उहाँले आफू नेपाल राष्ट्र र नेपाली जनताको अधिकारका लागि आन्दोलनमा उत्रिएको दाबी गर्नु भयो । मधेसी मोर्चा र विशेष गरेर आफ्ना कारण नाकाबन्दी लागेका कारण नेपाली जनताले दुःख पाएको आरोपको अध्यक्ष महतोले अस्वीकार गर्नु भयो । उहाँले सरकारले आपूर्ति व्यवस्था गर्न नसक्दा जनताले समस्या भोग्नु परेको बताउनुभयो । ‘मैले कहाँ रोकेको छु ?’, सद्भावना अध्यक्ष महताले भन्नुभयो, ‘सरकारले जनतालाई सहज आपूर्ति गर्नु पर्छ । यो सरकारको जिम्मेवारी हो । जनतालाई सरकारले नै दुःख दिएको छ ।’ उहाँले प्रधानमन्त्री केपी ओली मधेस आन्दोलनलाई पेलेर जाने योजनामा रहेको आरोप लगाउनु भयो । ‘केपी ओली मधेस विरोधी नेता हुन्’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलनलाई दमन गरेर जान चाहन्छ ।’ आफूले ब्राम्हणवादीहरूको विरोध मात्रै गरेको बताउनु भएका अध्यक्ष महतोले ब्राम्हणवादी सोँचका खस, आर्य शासकहरूले मधेसी जनतालाई अधिकार नदिएकाले आन्दोलनमा उत्रिएको दोहराउनु भयो । उहाँले बाहुनवादी तीन ठूला नेताले ल्याएको नेपालको संविधान २०७२ लाई आफूले कदापि नमान्ने उल्लेख गर्नु भयो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply