LATEST NEWS

पायल्स रोगबाट कसरी बच्ने ?– डा. यञ्जन गैह्रे

Posted by Unknown ~ Thursday, 19 November 2015

पायल्समा (piles) ध्यान दिनुपर्ने कुराहरु
– प्रशस्त पानी पिउने (१ घण्टा = १ गिलास)।
– हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
– दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग- आसन, रिड व्यायाम, (aerobic exercise) अंग व्यायाम आदि । 
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने । शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने । 
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी÷जैतुनको तेल गुहद्वारमा लगाउने । 
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ? गहुँको चोकर सहितको रोटी , जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला , गाजर, पालुँगो, मूला, करेलाको रस , धनियाका रसमा मिस्रि मिलाएर खाने । पानी धेरै पिउने । हरियो सागसब्जी, सलाद आदि खाने ।
के नखाने ? तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि नखाने । पायल्समा भोजन एंव पोषण तालिका : बिहान ५.३० बजे : पानी २ गिलास, लसुनको केशरा २, ३ वटा खाने । ७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाईएको ) खाने । बिहान १०.११ बजे : रातो चामलको भात १०० ग्राम : दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो) ।तरकारी ३०० ग्राम जस्तै सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु । दिउँसो ३.०० बजे : कुनै एक – गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फापर, कोदो, मकैको रोटी पनि खान सकिन्छ, अथवा हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक खाने । बेलुका ८.०० बजे: गहुँको सुख्खा रोटी २, ३ वटा । तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)
नोट : पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने । हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने। खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने ।
नोटः- रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०-८०% हुनु जरुरी छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply