LATEST NEWS

कसैलाई फेसबुकमा अनफ्रेण्ड गर्नु अघि यो पढ्नुस >> अनफ्रेण्ड गर्दा पनि सोच्नै पर्ने भयो हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Tuesday, 15 December 2015

आजभोलि फेसबुक मानिसहरु आपसमा जोड्ने सबैभन्दा सशक्त माध्यम बनि सकेको छ । साथसाथै यसका कयौं नोक्सान पनि अगाडि आइरहेका छन। अहिले समाचारमा केटाकेटीहरु फेसबुकमा साथी बने, केटाले केटीलाई तथा केटीले केटालाई धोका दियो तथा दुर्घटना भयो भन्ने सुन्न पाइन्छ।fbunfreindतरपनि यस्तो घटना कमै मात्र हुने हुनाले यसलाई यसलाई वास्ता पनि गरिदैन। यस्तै घटना भारतको बिहारमा घटेको छ। जहाँ एक जना केटीले केटा साथीलाई अनफ्रेन्ड गरेकोले जल्नु परेको छ। केटी नराम्रोसँग जलेको अबस्था छ। भएको के थियो भने केटीले आफ्नो फ्रेन्ड लिस्टबाट केटा साथीलाई अनफ्रेन्ड गरेको कारण ऊ यति रिसाएको थियो कि उसले उम्लेको पानी केटीको अनुहारमा हालिदियो।

केटा घरको ढोका फोडेर घर भित्र पसेको थियो अनि केटी र उसको आमालाई छुट्टा छुट्टै कोठामा बन्द गर्यो। त्यसपछि किचनमा गएर पानी उमाल्यो अनि केटीलाई आक्रमण गर्न थाल्यो।

यी दुई सोशल नेटवोर्किंग साइट फेसबुकमा एक बर्ष पहिला भेट भएर साथी बनेका थिए। तर केही समय पछि केटाले फेसबुकमा नराम्रो म्यासेज तथा कमेन्ट लेख्न थालेकोले केटीले केटालाई अनफ्रन्ड गरेकी थिइ।

जसले गर्दा केटालाई साह्रै रिस उठ्यो र यस्तो कदम उठायो। ती केटा भने अहिलेसम्म पनि फरार रहेको छ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply