नेपालको भाग खोस्न भारतको कसरत
अघोषित नाकाबन्दी लगाएर नेपाललाई झन गरिब बनाइरहेको भारतले अर्काे चलखेल पनि सुरु गरेको खुल्न आएको छ ।
भारतले संयुक्त राष्ट्रसंघमा नेपालको प्रतिष्ठालाई धुलोमा मिलाएर शान्ति सेनाको अधिकार खोस्न लागेको हो । त्यसका लागि भारतले एक जना पूर्वजनरल अशोक मेहतालाई नेपाल पठाएको छ ।
मेहता सोमबार राति गुपचुप काठमाडौं आएको खुलेको छ । उनले राजधानीमा राजनीतिक दलका पुराना नेता सरकारी उच्चअधिकारीलाई भेटिरहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकको छुट्टै तर संयुक्त शान्ति सेना राष्ट्रसंघ अन्तरगत रहनुपर्ने लविङ गर्दै आएका मेहता त्यसैका लागि लविङ गर्न काठमाडौंमा आएको स्रोतको दाबी छ । त्यसका लागि उनले नेपालमा रहेको सार्क सचिवालयका अधिकारीहरुसंग समेत छलफल गरेका छन् ।
सार्क सचिवालयमा भएको भेटवार्तामा सार्क सचिवालयले क्षेत्रीय शान्ति सेनाको विषय उठाउन पर्नेमा उनले जोड दिएका थिए । यसअघि पनि काठमाडौं आएर उनले यो विषयमा पटक पटक बहस छलफल गरेका थिए ।
यदि सार्कले संयुक्त शान्ति सेनाका लागि अनुमति दिए नेपालको अधिकार खोसिने छ । सार्क सचिवालयमा नेपालका अधिकारी नै प्रमुख पदमा छन् । हाल राष्ट्रसंघको शान्ति सेनामा नेपालले पहिलो प्राथमिकता पाउँदै आएको छ । संयुक्त सेना गठन भए नेपालको संख्या कटौती हुने र गोर्खालीको शान पनि खट्ने देखिन्छ । जसले विश्वमा चिनिएको विर गोर्खालीको चिनारी हराउनसक्छ ।
स्रोत : दैनिक नेपाल

No comments: