इन्टरनेटले यसरी लियो युवतीको ज्यान
प्रविधिले मानिसको ज्यान पनि लिदोरहेछ भन्ने कुरा यो घटनाबाट प्रमाणित हुन्छ । बेलायतकी १५ वर्षीय एक युवती जेनीले वाई फाईका कारण ज्यान गुमाएकी छिन् ।
इन्टरनेट वाईफाईको एलर्जिक सिग्नलबाट दिक्क भएर जेनीले मंगलबार विद्यालयको बन्द कोठामा आत्महत्या गरेकी छिन् । जेनीका माता-पिताका अनुसार उनी २०१२बाट इलेक्ट्रो हाइपरसेंसिटिविटी रोगबाट पीडित थिईन् जसका कारण उनी निरन्तर मानसिक र थकानमा हुन्थिन् ।
डेली मेलको एक रिपोर्टका अनुसार जेनीकी आमाले भनेकी छिन्- उनको स्कूलमा जडान गरिएको वायरलेस इन्टरनेट कनेक्शनबाट जेनीलाई एलर्जी हुन्थ्यो जसको बारेमा उनले शिक्षकलाई पनि जानकारी गराएकी थिईन् । डक्टरले एलर्जीको कारण पत्ता लगाउन सकेनन् । तर, जेनीका माता पिता भन्छन्- स्कूलमा जडान गरिएको वाईफाई छोरीको मृत्युको कारण हो ।
घटनाबारे पीडित परिवारले स्थानीय अदालतमा उजुरी समेत हालेका छन् । सुनुवाईका लागि अदालतले शनिबार विद्यालय प्रशासनलाई बोलाएको छ ।
स्रोत : दैनिक नेपाल

No comments: