LATEST NEWS

रञ्जीत राय रातारात नेपालबाट ‘बेपत्ता’

Posted by Unknown ~ Thursday, 3 December 2015

नेपालका लागि भारतीय राजदूत रञ्जीत राय आकस्मिक रुपमा स्वदेश गएका छन् । राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् । व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरिरहेका बेला राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् । स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् । नेपालमा नाकाबन्दी लगाएर आलोचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् । भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ । भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला उनी अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ । भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply