LATEST NEWS

युवकलाई जिउँदै जलाए

Posted by Unknown ~ Thursday, 3 December 2015

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मानवीय सीमा पार गर्दै नवलपरासीमा एक युवकलाई जिउँदै जलाएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार सनही–९ मा कालोबजारीका लागि इन्धन ल्याएको आरोपमा मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादवलाई जिउँदै जलाएका छन् । नेपाल–भारत सीमामा उनले ल्याएको डीजेल खोसेर मोर्चा कार्यकर्ताले शरीरमा खन्याएका थिए । त्यसपछि उनको शरीरमा आगो लगाए । जिउँदै जलाइएका यादवको अवस्था गम्भीर छ । यादवको कम्मर मुनिको भाग जलेको छ । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच घटनामा संलग्न भएको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मिया रहेका छन् । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply