LATEST NEWS

अपहरणमा परेका ११ वर्षीय बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

Posted by Daily News Pokhara ~ Monday, 18 January 2016

गौशाला : महोत्तरीको जलेश्वर-१२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको शव गएराति खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ ।

जलेश्वर-१२ मलिवारा गाउँ निवासी नविन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर-१३ स्थित रातो खोलाको पश्चिम किनारमा खरघारीमा गाडिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण गरी लगेकामा उनलाई परिवारले टोल, छिमेक र आफन्त गरी सबैतिर खोजतलास गरेपनि उनको कुनै पत्ता लागेको थिएन ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले शुक्रबार जलेश्वरका तीनजना युवालाई पक्राउ गरेको थियो ।

उनीहरुकै सहयोगमा बालक पाण्डेलाई हत्या गरेर गाडिएको ठाउँबाट शव बरामद गरेको जिप्रका, महोत्तरीले जनाएको छ ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Categories
Tags

Related Posts

No comments:

Leave a Reply