LATEST NEWS

पशु बाट मान्छेमा सर्ने ज्यानै जाने रोग एन्थ्रेक्स ! पाल्पाको गल्दामा देखियो हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Sunday, 17 January 2016

काठमाडौं: पाल्पाको गल्दामा एन्थ्रेक्स देखिएको छ । केही समयदेखि पशुहरु यो रोगबाट मर्न थालेपछि मान्छेमा सर्न सक्ने भन्दै विशेष टोली पठाइने भएको हो ।

यो रोगको संक्रमण मानिसमा सरेपछि उपचारको संभावना न्युन रहेकाले बेलैमा होसियारी अपनाउनु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ । महाशाखाका निर्देशक डा बाबुराम मरासिनीका अनुसार पशु मर्ने क्रम बढेकाले यस विषयमा अध्ययन गरी नियन्त्रण गर्न विशेष टोली पठाउन लागिएको हो ।

उनले भने, ‘साउनदेखि पशुमा यो रोग देखिएको रहेछ, पछिल्लो समय पशु मर्ने क्रम बढेपछि संभावित खतरा रोक्न हामी लागिपरेका छौं ।’ एन्थ्रेक्स पशुबाट मानिसमा सर्छ । पशुजन्य उत्पादन (दुध, दही मासुलगायत) र पशुसँग किसानको घुलमिलका कारण रोग सर्ने संभावना बढी हुने डा. मरासिनीले बताए । एन्थ्रेक्सले मानिसको छातिमा संक्रमण गरे छातिको इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्ने, उच्च ज्वरो आउने, पेटभित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिने डा मरासिनीले बताए । रोग मानिसमा सरे मृत्यूदर बढी हुने उनको भनाई छ ।

पशुमा यो रोग देखिएका क्षेत्रका मानिस बिरामी परे जतिसक्दो चाँडो नजिकको स्वास्थ्य केन्द्र पुग्न उनले सल्लाह दिएका छन् । यो रोग देखिएका पशुबाट जोगिन पनि महाशाखाले सर्वसाधरणलाई अनुरोध गरेको छ । -स्वास्थ्य खबरपत्रिका

Categories
Tags

Related Posts

No comments:

Leave a Reply