LATEST NEWS

अमेरिकी राष्ट्रपति ओबामाको साथमा हनुमान र गौतम बुद्धको ससानो मुर्ति बोक्ने गरेको खुलासा

Posted by Daily News Pokhara ~ Sunday, 17 January 2016


एजेन्सी : अमेरिकी राष्ट्रपति बराक ओबामा जब थाक्छन् तब कम्जोर भएको महसुस गर्छन् । थकान र कम्जोरीबाट मुक्ति पाउन उन जुन कुराको सहयोग लिन्छन, त्यमा हिन्दु धर्मावलम्बीका भगवान हनुमान पनि रहेका छन् ।
यू ट्युको तीन लोकप्रिय च्यानलका लागि भएको साक्षात्कारका क्रममा उनलाई उनको सरकारी घर ह्वाइट हाउसबाट यस्तो एउटा सामान ल्याउन भनियो जो उनका लागि धेरै महत्वपूर्ण रहेको छ।

अन्तर्वार्ताका क्रममा जब उनलाई गोजीबाट पाँच सामान निकाल्न भनियो तब उनले पोप फ्रान्सिसले दिएको एक माला, एक सानो बुद्धको प्रतिमा, एक पोकर चिप जो उनलाई एक बाइकरले दिएका थिए । इथियोपियाको एक क्रस र हनुमानको मूर्ति जो उनलाई एक महिलाले दिएकी थिइन् ।


ओबामाले भने अनुसार यी चीजले उनलाई ह्वाइट हाउससम्म पुग्न शुरु भएको राजनीतिक यात्राका क्रममा उनीसँग ती मानिसले गरेको अपेक्षालाई ताजा बनाइरहन्छन् ।
उनले बताए अनुसार आफूले ती चिज कुनै अन्धविश्वासकारण गोजीमा हालेर बोकेको भने होइन ।


‘यी सामानले मलाई भन्छन्, कसैले त मलाई सक्षम सम्झिए’, उनले भनेका छन् ‘ती चिजका लागि म गरौं, जसका कारण उनीहरुको जिन्दगी प्रभावित हुन्छ । र, म तत्कालै काममा जुटिजान्छु ।


ओबामाका अनुसार उनीसँग आफ्ना जनतालाई सम्झाइरहने धेरै सामान रहेका छन् तर यी चार पाँचवटा सामानमात्रै उनको साथबाट कहिल्यै छुट्दैनन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply