LATEST NEWS

यस्तो छ दुवईमा पैसा कमाउने आकर्षक पेशा यौन व्यवसाय हेर्नुहोस

Posted by Unknown ~ Thursday, 31 March 2016

मुस्लिम राष्ट्र यूनाइटेड अबर इमिरेट्स (दुवई) पूँजीवादी विश्वको घेराबाट अलग छैन । खासगरी औधोगिक र पूर्वाधार विकासमा द्रुत गतिमा दौडेको यो देशमा पछिल्लो समय यौन पर्यटनको व्यवसाय पनि निकै फस्टाउन थालेको छ । चीन, रुस, भारत, बंगलादेश, उज्वेकिस्तान, अर्मेनिया, नाइजेरिया, इथोपीया, सोमालिया, इराक, फिलिपिन्स, पाकिस्तानलगायत देशबाट यहाँ यौन व्यवसायकै लागि युवतिहरु आउने क्रम बढेको छ । डान्सबार, क्लव तथा व्यावसायीहरुसँग सम्बन्ध हुने विभिन्न व्यक्ति वा समुहको सहायताबाट ती महिलाहरु दुबई पुग्छन् । कतिपय घरेलु कामदारको रुपमा आउने युवतिहरु पनि यौन व्यवसायमा संलग्न हुने गरेका छन् । व्यवसायीहरुका अनुसार यस्तो पेसामा सहजै प्रशस्त पैसा कमाउन सकिने भएकाले पनि युवतिहरु स्वेच्छाले आकर्षित भएका हुन् । साइबेरीयन महिला सास्योर यौन पेसामा संलग्न छिन् । ‘हाम्रो देश राम्रो जागिर र पैशा कमाउने दृष्टिले खास राम्रो छैन । यसैले पनि दुवई आउन बाध्य छौँ’, उनी भन्छिन्, ‘र पैसा कमाउनका लागि यो सहज माध्यम पनि हो ।’ सास्योर ग्राहकसँग यौन सम्पर्क गरेवापत प्रति घण्टा ५ सय दिराम लिने गर्छिन् । तर, रातको समयमा सोही काम बापत १ हजार दिराम उनको रेट हो । उनीजस्ता अरु थुप्रै युवतिहरु यसैगरी यहाँ आउने पर्यटकहरुसँग यौन सम्पर्क वापत पैसा लिने र्गछन् । यसका लागि उनीहरु आफ्ना ग्राहकलाई डान्स बार वा क्लबमा पनि भेट्छन् । यौन व्यवसायमा लाग्ने धेरैजसो युवतिहरु भने धनी ग्राहकहरुसँग बेश्यागमनका लागि लालायित हुन्छन् । साइबेरियाकी ४५ वर्षे मारिया भन्छिन्, ‘म राम्रो जोडीको खोजीमा छु । यूरोपीयन वा ब्रिटिश ।’ यसले पनि के थाहा हुन्छ भने यूरोपीयन वा बेलायती पुरुषहरु उनीहरुको पहिलो रोजाईका ग्राहक हुन् । राष्ट्रियता अनुसार यौन सम्पर्कवापत युवतिहरुको दर पनि फरक फरक तोकिएको छ । चिनियाँ युवतिहरु सबैभन्दा सस्तो रेटमा सेवा दिनेमा पर्छन । उनीहरु कम्तिमा १ सय ५० अमेरिकी डलरमा यौन सम्पर्कका लागि तयार हुन्छन् । तर, मध्यपूर्वी देशहरुबाट आएका युवतिहरुको रेट सबैभन्दा उच्च छ । उनीहरु एउटै ग्राहकबाट १ हजार अमेरिकी डलरसम्म लिने गर्छन् । दुर्वइ सरकारको फितलो कानुनी व्यवस्थाका कारण पनि यहाँ यौन व्यवसायले व्यापकता पाएको छ । यसलाई नियमन गर्न दुर्वइ सरकारले खासै ध्यान दिएको छैन । त्यसो त, मानव अधिकारकर्मीहरु नै यसरी मौलाएको यौन व्यावसायलाई पूँजीवादको संकेतको रुपमा हेर्छन् । उनीहरुका अनुसार यस्तो हुनु आधुनिकता सँगै विश्वब्यापीकरण पनि हो । साथै, यहाँको वेश्याबृत्तिलाई यौन पर्यटनको रुपमा पनि हेरिएको छ । स्रोत : यन्पी न्यूज लाइन

Categories
Tags

Related Posts

No comments:

Leave a Reply