LATEST NEWS

आजको राशिफल(थाहा पाउनुहोस)

Posted by Unknown ~ Wednesday, 7 October 2015

तपाईंको आज वि.सं. २०७२ साल असोज २१ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर ८ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– एकादशी, २०:५६ बजेउप्रान्त द्वादशी।
 मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesविगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
 बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्नेछ।
 मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ।
 कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerस्वादिष्ट भोजनको अवसर जुटे पनि पेटको खराबीले सताउन सक्छ। सहयोगीहरू जिम्मेवारीबाट पछि हट्नेछन् भने आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। उपहारका नाउँमा प्राप्त भएको वस्तुले हानि पुर्याउन सक्छ। साँझदेखि बोलीको गलत अर्थ लाग्ने वा आफ्नो अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा पनि आघात पुग्न सक्छ, सजग रहनुहोला।
 सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। पुरस्कारका नाउँमा ठगीमा परिने सम्भावना छ।
 कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraकामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
 धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
 कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusव्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले खिन्न बनाए पनि दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesविविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बिस्तारै काम बन्नेछन्। लगनशीलताले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ। ( ज्योतिष कृष्णप्रसाद कोईराला) स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply