LATEST NEWS

एक युवकले हसियाँ प्रहार गरी श्रीमती र काकाको हत्या गरे

Posted by Unknown ~ Monday, 5 October 2015

मुगु–आफनो श्रीमती र काका नाता पर्नेबीच यौन सम्पर्क गर्दागर्दै फेला पारे पछि कार्कीबाडा गाविस– ५ का एक युवकले हसियाँ प्रहार गरी दुवै जनाको हत्या गरेका छन्। कार्कीबाडा गाविस– ५ का २५ वर्षीय धर्मराज बिकले आफ्नी २० वर्षीया श्रीमती पुतली बिक र आफनै घरका काका पर्ने २७ वर्षीय जगेन्द्र बिकको हत्या गरेका हुन्। श्रीमती र काकाबीच लामो समयदेखि यौन सम्पर्क हुँदै आएको शंका लागेको र शनिबार राति १० बजे दुबैबीच छिमेकीको घरको छतमा यौन सम्र्पक गर्दैगर्दा भेटिएपछि दुबैलाई फरक फरक स्थानमा हसिया प्रहार गरी हत्या गरेको धर्मराज विकले बताए । हत्या गरिएका जगेन्द्रलाई लखेटेर यौन सम्पर्क भएको स्थानदेखि ४ सय मिटर टाढा ताल्चा गमगढी सडक खण्डमा पर्ने पाटपोटेनि भन्ने स्थानमा पहिला टाउकामा ढुंगा प्रहार गरी ढालेपछि हसियाले घाँटी रेटेर हत्या गरेको र लगत्तै घरमा रहेकी श्रीमतीलाई हसिया प्रहार गरेर हत्या गरेको अभियुक्त विकले स्वीकार गरेका छन्। स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply