LATEST NEWS

मलाई ४३ हजार २ सय पटक बलात्कार गरियो कसरी र कहाँ भयो पढ्नुस

Posted by Daily News Pokhara ~ Friday, 13 November 2015

सिएनएन । अमेरिकाको मेक्सिको सिटीमा बस्दै आएकी कार्ला जेसिङ्टोलाई चार वर्षभित्रमा ४३ हजार २ सय पटक बलात्कार भयो । यो सनसनीपूर्ण घटनाले दुनियामा मानव तस्करीको विभत्सताको उजागर गरेको छ । सिएनएनका अनुसार उनलाई ४३ हजार २ सय पटक बलात्कार गरिएको थियो । मानव तस्कारको हातमा परेदेखि नै उनलाई हरेक दिन बलात्कार भएको थियो । मानव तस्करले उनलाई हरेक दिन करिब ३० पटक बलात्कार गरेको थियो । कार्लाको यो कहानीले यतिबेला मेक्सिको सिटी र अमेरिकामा समेत मानव तस्करीको विभत्सता बारे दुनियाँभर सनसनीपूर्ण सन्देश गएको छ । कार्लका अनुसार उनलाई बाल्य अवस्थामा नै आमाले त्यागेकि थिइन् । उनले भनिन्, ‘म निकै दुखदायी परिवारमा जन्मेको थिएँ, ५ वर्षको उमेरमै मेरो एक नातेदारले मलाई यौन शोषण गरे । जब म १२ वर्षको भएँ, मलाई एक तस्करले फकाएर उसको कारमा हालेर तिब्र गतिमा लग्यो ।’ उनले भनेकी छिन्, ‘म त्यतिबेला एक सब स्टेसनमा आफ्नो साथीलाई कुरेर बसीरहेकी थिएँ, त्यतिबेलै त्यहाँ एउटा सानो बच्चा आयो, उसले मलाई मिठाइ पसलमा जान भन्यो । ५ मिनेटपछि एक जना अलि ठूलो मानिस मेरो नजिक आयो । उसले आफूलाई कारको विक्रेता बतायो । त्यसपछि हामीले एक अर्काको नम्बर लियौं । एक हप्तापछि उसको फोन आयो । उसले एक ट्रिपमा जाने कुरा गर्यो र म उसैसँग गएँ । केहि पछि पत्ता लाग्योकी उ मानव तस्कर थियो र फसेँ ।’

Categories
Tags

Related Posts

No comments:

Leave a Reply